कञ्चनपुरमा लागु औषध सहित ४ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा न.५ बनसमिति स्थित पुर्ब पश्चिम राजमार्गमा अवैध लागू औषध सहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा शुक्लाफाटा नगरपालिका ५ बनसमिति बस्ने शुनिल बोहोरा, ऐ. भिमदत्त नगरपालिका २ बस्ने बसन्त जोशि, भारत जिल्ला बरेली कान्द्रापुर बस्ने हनमोल गुप्ता र ऐ. चनहिटिग्राम बस्ने रुपेन्द्र मौरीया रहेका छन् ।

उनीहरूको साथबाट चेकजाँच गर्दा उनीहरूले बोकेको कालो रङको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा सुद्ध तौल २ के.जी ००४ ग्राम लागु औषध (चरेश) जस्तो देखिने कालो पदार्थ र नगद रु.२८ हजार ५ सय ( नेपाली रुपैँया सहित बरामद गरिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार