सामुदायिक विद्यालयलाई विद्यार्थी भर्ना निःशुल्क गर्न बेलडाँडी गाँउपालिकाको निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले चालु शैक्षिक सत्र ०८० मा विद्यार्थी भर्नाका नाममा अनावश्यक शुल्क नलिन सामुदायिक विद्यालयलाई निर्देशन जारी गरेको छ ।

सामुदायिक विद्यालयले भर्ना तथा विभिन्न सेवा शुल्कको नाममा विद्यार्थीबाट रकम अशुलिरहेको गुनासो आए पछि बेलडाँडी गाँउपालिका कार्यपालिको बैठकले विद्यार्थी भर्नाका नाममा शुल्क नलिने र लिएको शुल्क पनि अभिभावकलाई फिर्ता गर्न सार्वजनिक सुचना निर्देशन जारी गरेको छ ।बेलडाँडीमा १४ सामुदायिक विद्यालय छन ।

ताजा समाचार