कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित उद्योग वाणिज्य संघ अगाडि मोटरसाइकलले साइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
आइतवार साँझ साइकलयात्री भीमदत्त नगरपालिका- १८ बस्ने वीरेन्द्र रावलले चलाएको म२प८३३३ मोटरसाइकलले साइकललाई ठक्कर दिंदा सोही नगरपालिका-४ बस्ने ६८ को महेश्वरप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यादवको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।