नगर उपप्रमुख लेखक नेतृत्वको टोलीद्धारा मेडिकलहरुको अनुगमन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशी नेतृत्वको टोलीले महेन्द्रनगर बजारमा सञ्चालित मेडिकल तथा औषधी पसलहरुको छड्के अनुगमन गरको छ ।

बजारमा मेडिकलहरु र औषधी पसलहरुले कानुनी प्रक्रिया पु¥याएको छन् वा छैनन् भनेर केही मेडिकलहरुमा अनुगमन गरिएको नगर उपप्रमुख जोशीले बताउनुभयो ।

‘महेन्द्रनगर बजारमा संञ्चालित मेडिकल औषधी पसलहरु मापदण्डअनुसार सञ्चालन गरिएको छ छैन भनेर अनुगमन गरेका हौ ।’ उहाँले भन्नुभयो ‘प्राय मेडिकलहरुले व्यवसाय दर्ता गरेको पाइयो तर पालिकालाई कर नतिरेको र सम्बन्धित निकायबाट अनुमती नलिएको भेटियो ।’ उहाँले अगाडी भन्नुभयो ‘आज पहिलो चरणको अनुगमनका क्रममा उहाँहरुलाई तत्कालनै रावश्व बुझाएर कानुनी प्रक्रिया पुरा गर्न निर्देशन दिएका छौ ।

उहाँहरुले छिटै राजश्व बुझाउने र कानुनी प्रक्रिया समेत पुरा गर्ने प्रतिवद्धता जनाउनु भएको छ । हामी भोली(शुक्रवार) सबै स्वास्थ्य संस्था मेडिकलहरुलाई समयमै कर बुझाउन र अन्य कानुनी प्रक्रियाहरु पुरा गर्न सार्वजनिक सूचनापनि निकाल्छौ र दोस्रो चरणमा अनुगमन गर्छौ त्यो बेलापनि कर नबुझाएको र अन्य कानुनी प्रक्रिया पुरा नगरेको भेटिएमा कानुनी कारर्वाही गर्छाै ।

ताजा समाचार