खैरबट्टीमा चट्याङ लागेर तीन जना घाइते

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ खैरबट्टीमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । विहिवार बेलुका ४ बजे घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर आशा कुवँर, अस्मिता भण्डारी र सदिक्षा ओड घाइते भएका छन् । उनिहरुको हात, खुट्टा, पिठ्युमा चोट लागेको स्थानिय ललित केसीले बताए ।

हाल घाइतेहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर घाइतेहरुलाई अस्पताल पुगेर भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशी, वडा नम्बर १८ का कार्यवाहक अध्यक्ष हेम बस्नेतले भेटघाट तथा उनिहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

नगर उपप्रमुख जोशीले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी नगर्न डाक्टरहरुलाई आग्रह गरेकी छन् ।

कार्यवाहक वडाध्यक्ष बस्नेतकाअनुसार चट्याङ लागेर खैरबट्टिका २ घरमा समेत क्षती पुगेको छ ।

ताजा समाचार