नेपाल ट्रेड युनियन काँग्रेस कञ्चनपुरको ७ औँ जिल्ला अधिवेशको उद्धघाटन सत्र सम्पन्न

महेन्द्रनगर । नेपाल ट्रेड युनियन काँग्रेस कञ्चनपुरको ७ औँ जिल्ला अधिवेशनको उद्धघाटन सत्र सम्पन्न भएको छ । शुक्रवार नेपाल ट्रेड युनियन कञ्चनपुरका अध्यक्ष सुशिल कुमार भट्टको अध्यक्षता,नेपाली काँग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशीको प्रमुख आथित्यतामा ७ औँ जिल्ला अधिवेशनको उद्धघाटन सत्र भव्यताका साथ सम्पन्न भएको छ ।

जिल्ला अधिवेशनको उद्धघाटन समारोहमा नेपाल ट्रेड युनियन काँग्रेस कञ्चनपुरले ५ वर्षमा गरेका क्रियाकलाप तथा आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा वक्ताहरुले काँग्रेस बलियो बनाउन नेपाल ट्रेड युनियन काँग्रेस बलियो हुन आवश्यक रहेको बताउदैँ सबैले एकजुट भएर ट्रेड युनियन र पार्टी बलियो बनाउन इमान्दारीपूर्वक लाग्नुपर्ने बताएका थिए ।

यस्तै श्रमसम्बन्धी मौलिक हकलाई व्यवहारमै कार्यान्वयन गर्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई श्रमिकको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउनुपर्ने वक्ताहरुले बताए ।

उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रसका उपमहासचिव सिताराम अवस्थी, नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीद्धय चिन्तामणी भट्ट,गोपाल भट्ट, नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्य समिति सभापती तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य तथा भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशी, नेपाल ट्रेड युनियन काँग्रेस सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरु, प्रदेश सभा सदस्य मधु भारती, नेपाली काँग्रेस कञ्चनपुर कार्यसमितिका उपसभापती मीन बहादुर सिंह, सचिव भीमराज भट्ट काँग्रेस निकट विभिन्न सुवेच्छुक संस्थाका प्रमुख लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार