भीनपा–१७ द्धारा निशुल्क स्वास्थ्य शिविर

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १७ ले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शनिवार वडा नम्बर १७ ले वडा कार्यालयमै विशेषज्ञ डाक्टरहरु बोलाएर वडावासीहरुको निशुल्क स्वास्थ्य चेकजाँच तथा औषधी वितरण गरेको हो ।

वडा कार्यालयमै विशेषज्ञ डाक्टरहरुबाट वडावासीहरुको स्वास्थ्य चेकजाँच र आवश्यक औषधी वितरण गरिएको वडाध्यक्ष पदम बुडाले बताए ।

उनकाअनुसार स्त्री रोग विशेषज्ञ,नाँक कान घाटी रोग विशेषज्ञ र जनरल फिजिसियन क्रमश डाक्टर दिलिप श्रेष्ठ, प्रशान्त भट्ट, ग्रीस अवस्थीबाट स्थानिय वडावासीहरुको निशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण गरिएको हो । शिविरमा झण्डै २ सय भन्दा बढी वडावासीले आफ्नो स्वास्थ्य जाँच गराएका वडाध्यक्ष बुडाले बताए ।

ताजा समाचार