शिक्षा क्षेत्रमा सुधारको लागि सुझाव संकलन

कञ्चनपुर । कञ्चनपुरमा शिक्षा क्षेत्रमा सुधार गर्नको लागि सरोकारवाला निकायले सुझाव संकलन गरेका छन्

सोमबार महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश शिक्षा क्षेत्र शिक्षा सुधारका लागि गरेको सुझाव संकलन कार्यक्रममा शिक्षामा सुधारका लागि आवश्यक रहेको बताएका छन ।

शिक्षा सुधारका लागि सरकार नागरिक दुवैलाई जिम्मेबार बनाउनुपर्नेमा समेत जोडदिएका छन । भने सामुदायिक विद्यालयको शैक्षिक स्तरबृद्धिका लागि बाल विकास सुधार आवश्यक रहेको औल्याएका छन । कार्यक्रममा बैजनाथ माध्यामिक विद्यालय महेन्द्रनगरका प्रद्यानाध्यापक हरिराज विष्टले प्रदेशको शिक्षा सुधारका लागि बाल विकास सुदृदीकरण आवश्यक रहेको सुझाव दिएका छन । ‘शिक्षाको मेरुदण्ड बाल विकास नै हो, ‘हामीले माथि माथि होईन शुरुवातमै सुधार गर्नुपर्छ ।’

विद्यालयमा भौतिक पूर्वाधार क्रमिक रुपमा विस्तार हुँदै गईरहेको अवस्थामा शिक्षाको प्रारम्भिक खुटकिलो बाल विकास सुधार गर्नुपर्नेमा जोडदिए ।

लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले प्रदेशको शिक्षा सुधारका लागि बालविकासदेखि उच्च शिक्षा सबै क्षेत्रमा व्यापक सुधार आवश्यक रहेको औल्याए । ‘हामीले शिक्षाको प्रारम्भिक शुरुवाती चरणदेखि नै लगानी गर्नुपर्छ, ‘उनले भने, ‘शिक्षामा सुधार शुरुवाती बिन्दुबाटै गर्नुपर्छ ।’ सरस्वती माध्यामिक विद्यालयका सहायक प्रद्यानाध्यापक नवराज पन्तले प्रारम्भिक कक्षादेखि माथिल्ला तहसम्म सबै क्षेत्रमा सुधार आवश्यक रहेको बताए । ‘हाम्रो शिक्षा प्रणाालीमा कोरोनाले ठुलो क्षति पु¥याएको छ, ‘उनले भने, ‘त्यसलाई पूर्तिका लागि कार्यक्रम ल्याउनुपर्छ ।’ प्रदेशकै ऐतिहासिक, धार्मिक, पौराणिक बस्तु समेटेर शिक्षा संग्राहलय विस्तार आवश्यक रहेको उनले बताए । महेन्द्रनगर नमुना माध्यामिक विद्यालयका प्रद्यानाध्यापक ललित सिह साउदले विद्यालयमा बाल विकासका कक्षा आकर्षित बनाउनुपर्ने बताए । प्रअ साउदले सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि बाल विकासका कक्षा प्रभावकारी आवश्यक रहेको औल्याए । प्रअ साउदले उत्पादनका आधारमा अनुदान दिनुपर्नेमा जोडदिए । बैजनाथ विद्यानिकेतन पिपरैयाका प्रद्यानाध्यापक भानदेव भट्टले शिक्षा क्षेत्र सुधारका लागि बाल विकासका शिक्षकलाई तालिम दिनुपर्ने बताए । ‘शिक्षा सुधारका लागि आवश्यकताका आधारमा लगानी गर्नुपर्छ, ‘उनले भने, ‘पहुँचका आधारमा होईन ।’

भानु माध्यामिक विद्यालय कञ्जका प्रद्यानाध्यापक बेद प्रकास उपाध्यायले आहा कक्षा कोठाको अवधारणा अनुरुप लगानी आवश्यक रहेको सुझाव दिए । महेन्द्रनगर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकविच एकरुपता ल्याउनुपर्नेमा जोडदिए । ‘आवश्यकता अनुरुप दरबन्दीपूर्ति गर्नुपर्छ, ‘उनले भने, ‘विद्यालय उपलब्धी अनुगमन प्रभावकारी बनाउनुपर्छ ।’ मदन भण्डारी स्मृति आधारभूत विद्यालयका प्रअ पदमा साउदले बाल विकास सुधार आवश्यक रहेको बताउँदै उनले विद्यालय, सरकारलाई जिम्मेबार बनाउनुपर्ने बताए । भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले विद्यार्थीलाई घरदेखि विद्यालय जाँउ जाँउ लाग्नुपर्ने वातावरण बनाउनुपर्ने बताए । ‘शिक्षाको पहिलो खुटकिलो बाल विकास हो, ‘उनले भने, ‘बाल विकासमै बढि लगानी आवश्यक हुन्छ, हामी त माथि माथि हेछौँ, त्यसबाट उपलब्धी नै हुँदैन ।’

बाल विकास अर्थात जग बलियो बनाउन सके माथि जतितला पनि थप्ने सकिएजस्तै बाल विकास नै बलियो बनाउनुपर्ने सुझाव दिए । शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका विद्यालय निरिक्षक राजेन्द्र भट्टले बाल विकासमै सुधार गर्न सके शिक्षाको लिक अघि बढ्ने बताए । ‘बाल विकासमा कार्यरत शिक्षकको सेवा सुविधा एव क्षमता विकास गर्नुपर्छ, ‘उनले भने, ‘त्यसका लागि लगानी गर्नुपर्छ ।’ प्रदेश शिक्षा क्षेत्र सुधार कार्यदलका संयोजक डा. हेमराज पन्तले जिल्ला जिल्लामा रहेका शिक्षासंग सम्बन्धीत सरोकारवाला पक्षबाट प्रदेशको शिक्षा सुधारका लागि छलफल शुरु गरिएको बताए । कार्यदलका संयोजक पन्त सहित सदस्य डा. भवान चलाउने, सुरेन्द्रमान कार्की, राजेन्द्र चन्दले सबै क्षेत्रबाट सुझाव संकलन गरेर कार्यान्वयनका लागि प्रदेश सरकारलाई प्रतिवेदन बुझाईने बताएका छन ।

ताजा समाचार