महेन्द्रनगर । विश्वकै सबैभन्दा ठुलो समाजिक संस्था लायन्स क्लव इन्टरनेशनल अन्तर्गत लियो जिल्ला परिषद् ३२५ एन लियो क्लव अफ महेन्द्रनगर सिटि स्माइलको अध्यक्षमा लियो नरेन्द्र बहादुर भण्डारी चयन भएका छन् ।
सोमबार क्लवको प्रथम अधिवेशनबाट लायन्स वर्ष २०२३/०२४ का लागी अध्यक्षमा लियो नरेन्द्र भण्डारी सर्वसम्मत चयन भएका हुन् । यस्तै प्रथम उपाध्यक्षमा लियो वाशुदेव भट्ट, द्धितिय उपाध्यक्षमा लियो शंकरदत्त अवस्थी, सचिवमा लियो सुरेश गिरी, कोषध्यक्षमा लियो ओमकार जोशी र सह–सचिवमा लियो गायत्री भट्ट चयन भएका छन् ।
लियो क्लव अफ महेन्द्रनगर सिटि स्माइलका अध्यक्ष लियो प्रिंयका जोशीको अध्यक्षतामा सम्पन्न प्रथम अधिवेशनका प्रमुख अतिथि लियो क्लव अफ महेन्द्रनगर सिटि स्माइलका क्लव एड्भाइजर लायन जगदिशचन्द्र भट्ट रहेका थिए ।
यस्तै उक्त कार्यक्रममा लायन्स क्लब अफ महाकाली महेन्द्रनगरका सचिव एवं लिओ क्लब अफ महाकाली आदर्शका क्लब एडभाईजर लियो–लायन भाष्कर पन्त, लियो जिल्ला परिषद् ३२५ एन का सचिव, निर्वाचित उपाध्यक्ष लियो मदन गिरी, लियो जिल्ला परिषद् ३२५ एन का एरिया–३ एरिया चिफ लियो देवेन्द्र खड्का, रिजन–६ का रिजन कोर्डिनेटर लियो सुनिल थापा लगाएत लियो सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले निवर्तमान कार्यसमिति र नव गठित समितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिदैँ समाजसेवाका कामलाई निरन्तरता दिन आग्रह गरेका थिए । लायन्स, लियो क्लवहरुले निरन्तर समाजमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएका छन् ।