जिल्ला कबड्डी संघ कञ्चनपुरको अध्यक्षमा पुनः चन्द

महेन्द्रनगर । जिल्ला कबड्डी संघ कञ्चनपुरको अध्यक्षमा पुनः महेश चन्द चयन भएका छन् । बुधवार सम्पन्न भएको जिल्ला कबड्डी संघ कञ्चनपुरको भेलाबाट अध्यक्षमा चन्द सर्वसम्वत चयन भएका हुन् ।

यस्तै संघको उपाध्यक्षमा रमेशचन्द्र ओझा, सचिवमा गणेश भट्ट, कोषध्यक्षमा जय बहादुर बोहरा चयन भएका छन् । यस्तै सदस्यमा खगेन्द्र जोशी, संगिता मल्ल, हरिना भण्डारी र तारासिंह भाट सर्वसम्वत चयन भएका छन् ।

ताजा समाचार