वडाध्यक्ष थापाको तारन्तार ताकेतापछि भुजेला जिरो प्वाईन्ट क्षेत्रमा तटबन्ध गरिदै

महेन्द्रनगर । वडाध्यक्ष प्रकास थापाको तारन्तरतार तोकेतापछि महाकाली नदी स्थित भुजेला जिरो प्वाईन्ट क्षेत्रमा तटबन्ध निर्माण गरिँदै छ ।

भीमदत्त नगरपालिका-११ का वडाध्यक्ष प्रकाश थापाले व्यक्तिगत तथा संस्थागत रुपमा भुजेला जिरो प्वाईन्ट भारत तर्फको बाँध कटानी भई नेपाल तर्फ ठुलो क्षति हुने भन्दै पटक पटक सरोकारवाला निकायलाई तोकेता गरेका थिए ।

भी.न.पा ११ का वडाध्यक्ष थापाले गत बर्षदेखि नै ताकेता गर्दै आएका छन ।
१३भदौँ ०७९ मा महाकाली पुल आयोजना कार्यालयलाई जिरो प्वाईन्ट भन्दा उत्तर महाकाली नदीको कटानीले उच्च जोखिममा परेको र सो बाँध भत्किदा ११, १२ र १३ वडामा ठुलो जनधनको क्षति हुने भएकाले समयमै बाँध निर्माणका लागि शिघ्र भारतीय पक्षसंग समन्वय गरेर बाँध निर्माण एव मर्मतका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको थियो ।

यस्तै वडाध्यक्ष थापाले भीमदत्त नगरपालिका, प्रशासन, प्रहरी, जनताको तटबन्ध सहितका सरोकारवाला निकायलाई अनुगमन गराउँदै बाँध निर्माणका लागि भारतीय पक्षसंग समन्वय गरेका थिए ।

फेरी भीनपा ११ ले ६ पुष ०७९मा भीमदत्तन गरपालिकालाई भुजेला जिरो प्वाईन्टदेखि उत्तर भारतीय भूमि र जिरो प्वाईन्टदेखि दक्षिण नेपाली भूमिका बाँध निर्माणमा लागि पहल गरिदिन आग्रह पत्राचार गरेका थिए ।

बनबासापुलदेखि दक्षिण भारतीय जिरो प्वाईन्ट क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको बाँध भत्किन थालेपछि त्यहाँदेखि अझै दक्षिणी नेपालमा आउँदो बर्षतमा ठुलो जोखिम हुने भएकाले भीनपाा ११का वडाध्यक्ष थापाले तारन्तार तोकेता गरेका थिए ।

स्थानीय वडाबाट ताकेता भएपछि विभिन्न सरकारी निकायले समेत भारतीय पक्षसंग समन्वय गरेसंगै भारतीय पक्षले अहिले बाँध निर्माण एव मर्मत गरिरहेको छ । ‘हामीले वडाबाट विपद् जोखिम निम्तिने अवस्था देखेरै गत बर्षदेखि नै निरन्तर ताकेता गरिहेका थियौँ, ‘वडाध्यक्ष थापाले भने, ‘एकतातिर नेपाल पक्षको समन्वयले भारतीय पक्षले अहिले नेपाली पक्षसंग समन्वयमै बाँध निर्माण एव मर्मत गरिरहेको छ ।’

उक्त क्षेत्रमा समयमै बाँध निर्माण नभए सिङ्गो महाकाली नदी नै नेपालमा पस्ने खतरा भएकाले आफु र वडाबाट ताकेता गरिएको छ । ‘अहिले जिरो प्वाईन्टदेखि उत्तरमा बाँध निर्माण भईरहेको छ, ‘वडाध्यक्ष थापाले भने, ‘अब हामी विपद्को जोखिमबाट बाँच्न ढुक्क भएका छौँ ।’वडाध्यक्ष थापाको तारन्तार ताकेतापछि भुजेला जिरो प्वाईन्ट क्षेत्रमा तटबन्ध गरिदै

महेन्द्रनगर । वडाध्यक्ष प्रकास थापाको तारन्तरतार तोकेतापछि महाकाली नदी स्थित भुजेला जिरो प्वाईन्ट क्षेत्रमा तटबन्ध निर्माण गरिँदै छ । भीमदत्त नगरपालिका-११ का वडाध्यक्ष प्रकाश थापाले व्यक्तिगत तथा संस्थागत रुपमा भुजेला जिरो प्वाईन्ट भारत तर्फको बाँध कटानी भई नेपाल तर्फ ठुलो क्षति हुने भन्दै पटक पटक सरोकारवाला निकायलाई तोकेता गरेका थिए । भी.न.पा ११ का वडाध्यक्ष थापाले गत बर्षदेखि नै ताकेता गर्दै आएका छन । १३भदौँ ०७९ मा महाकाली पुल आयोजना कार्यालयलाई जिरो प्वाईन्ट भन्दा उत्तर महाकाली नदीको कटानीले उच्च जोखिममा परेको र सो बाँध भत्किदा ११, १२ र १३ वडामा ठुलो जनधनको क्षति हुने भएकाले समयमै बाँध निर्माणका लागि शिघ्र भारतीय पक्षसंग समन्वय गरेर बाँध निर्माण एव मर्मतका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको थियो । यस्तै वडाध्यक्ष थापाले भीमदत्त नगरपालिका, प्रशासन, प्रहरी, जनताको तटबन्ध सहितका सरोकारवाला निकायलाई अनुगमन गराउँदै बाँध निर्माणका लागि भारतीय पक्षसंग समन्वय गरेका थिए । फेरी भीनपा ११ ले ६ पुष ०७९मा भीमदत्तन गरपालिकालाई भुजेला जिरो प्वाईन्टदेखि उत्तर भारतीय भूमि र जिरो प्वाईन्टदेखि दक्षिण नेपाली भूमिका बाँध निर्माणमा लागि पहल गरिदिन आग्रह पत्राचार गरेका थिए । बनबासापुलदेखि दक्षिण भारतीय जिरो प्वाईन्ट क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको बाँध भत्किन थालेपछि त्यहाँदेखि अझै दक्षिणी नेपालमा आउँदो बर्षतमा ठुलो जोखिम हुने भएकाले भीनपाा ११का वडाध्यक्ष थापाले तारन्तार तोकेता गरेका थिए । स्थानीय वडाबाट ताकेता भएपछि विभिन्न सरकारी निकायले समेत भारतीय पक्षसंग समन्वय गरेसंगै भारतीय पक्षले अहिले बाँध निर्माण एव मर्मत गरिरहेको छ । ‘हामीले वडाबाट विपद् जोखिम निम्तिने अवस्था देखेरै गत बर्षदेखि नै निरन्तर ताकेता गरिहेका थियौँ, ‘वडाध्यक्ष थापाले भने, ‘एकतातिर नेपाल पक्षको समन्वयले भारतीय पक्षले अहिले नेपाली पक्षसंग समन्वयमै बाँध निर्माण एव मर्मत गरिरहेको छ ।’ उक्त क्षेत्रमा समयमै बाँध निर्माण नभए सिङ्गो महाकाली नदी नै नेपालमा पस्ने खतरा भएकाले आफु र वडाबाट ताकेता गरिएको छ । ‘अहिले जिरो प्वाईन्टदेखि उत्तरमा बाँध निर्माण भईरहेको छ, ‘वडाध्यक्ष थापाले भने, ‘अब हामी विपद्को जोखिमबाट बाँच्न ढुक्क भएका छौँ ।’

ताजा समाचार