विरोधीहरुलाई प्रश्न: पार्कमा फूलहरु नभएर के भइदिए जस्तो लाग्छ ?

महेन्द्रनगर । मानिसहरु पार्क किन खोज्छन्, रोज्छन् । सुन्दर, रमाईलो भएर, एकान्त चाहेर, रङगी विरङगी फूलहरुसंग तस्विर कैद गर्न लगाएत यस्ता–यस्तै कारणले मान्छेहरुले पार्क रोज्छन्, जान्छन् । त्यही भएर पार्क सफा, सुन्दर, व्यावस्थित र केही हेर्न लायकको हुनुपर्दछ ।

पार्कको सुन्दरताका लागी पार्कमा विभिन्न आकर्षक बोट, विरुवा, विभिन्न प्रजातीका रङगी विरङगी फूलहरु, दुबो लगाएत विभिन्न सजावटका बस्तुहरु हुन आवश्यक छ । सोही कुरालाई मध्यनजर गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाले विगतमा कुरुप बन्दै गएको स्थानिय भीम बाटिकाको मुहार फेरिरहेको छ ।

विगतमा भीम वाटिका(पार्क) उचित व्यवस्थापनको अभावमा युवाहरुको लागु पदार्थ सेवन एवम् अनैतिक क्रियाकलाप गर्ने हव बनिरहेको थियो । हाल भीम वाटिकालाई सिंगारन थालिएको छ । भीमदत्त नगरपालिकाले पार्कभीत्र रंगरोगन, ठुला रुखहरु, झाडी, फोरोह सफाई, सरस्वती मन्दिर, शौचालय तथा अन्य संरचना मर्मत, गरेको छ ।

हाल नगरपालिकाले पार्कलाई थप सुन्दर बनाउन र नगरपालिकामा फूलहरुको आयात घटाउने उद्देश्यले पार्कको एउटा निश्चित क्षेत्रमा पुष्प नर्सरी बनाउन थाल्येको छ । शनिवारदेखी सुदूरपश्चिम प्रदेशको कृषि निर्देशनालयको साझेदारीमा नगरपालिकाले पार्कमा पुष्प नर्सरी बनाउने काम अगाडी बढाएको छ ।

नगरपालिकाले उक्त पुष्प नर्सरी बनाइसकेपछि पार्कमा विभिन्न प्रजातीका रङगी, विरङगी फुलहरुले पार्कको सुन्दरतामा थप सुन्दरता ल्याउने र पार्क घुम्न आउनेहरुले पार्कबाटै विभिन्न प्रजातीका फुलहरुको विरुवा खरिद समेत गर्न सक्ने भीमदत्त नगरपालिका–१८ का वडा सदस्य हेम बस्नेतले बताए । यस्तै पार्कमा उत्पादित फुलहरुले नगरपालिकामा फुलको आयात घटाउने समेत उनले बताए । यद्यपी केही व्यक्तिहरुले नगरपालिकाले बनाउन थाल्येको पुष्प नर्सरीको विरोध गरिरहेका छन् ।

पार्कलाई थप सुन्दर बनाउन नगरपालिकाले निर्माण गर्न लागेको पुष्प नर्सरी पार्कमा नै किन बनाउन लागेको ?, पुष्प नर्सरी बनाउन आफुसंग समन्वय नगरेको लगाएत विभिन्न व्यक्तिगत, राजनितिक स्वार्थका कारण केही व्यक्तिहरुले विरोध गरिहरेका स्थानियहरुले बताए । विरोध गर्नेहरुलाई स्थानिय र केही व्यक्तिहरुले सामाजिक सञ्जालमा पार्कमा फूलहरु नभएर के भइदिए जस्तो लाग्छ ? भनेर प्रश्न समेत गरेका छन् । पार्कलाई थप राम्रो बनाउन पार्कमा फुलहरु, विभिन्न बोट विरुवाहरु हुन पर्छ । नगरपालिकाले पार्कलाई सुन्दर बनाउन फूल रोप्दा विरोध किन ? चौतर्फी प्रश्न खडा भएको छ ।

‘विगतमा यो पार्कको उचित व्यवस्थापन नहुदाँ झाडी, फोहोर र जंगलले छोपिएको थियो । झट्ट हेर्दा पर्खालले बेरिएको जंगल जस्तो देखिन्थ्यो ।’ वडा सदस्य बस्नेतले भने ‘पार्क घुम्न हेर्न लायक थिएन, त्यहाँ भित्र युवाहरुले लागु औषध प्रयोग गरेका सिरिन्ज, अस्थायी गर्भनिरोधकका साधन फालिएका थिए ।’ उनले अगाडी भने ‘हामी निर्वाचित भए लगत्तै पार्कलाई पार्क जस्तै बनाउने अभियानमा जुट्यौँ र विरोध गर्नेहरु विरोध गरिरहेका छन् हामी पार्कलाई सुन्दर बनाउन काम गरिरहेका छौँ ।’

ताजा समाचार