बेल्डाँडी गाउँपालिका अन्तर्गतका शैक्षिक संस्था असार १० देखि श्रावन ५ गतेसम्म बिदा

बेलडाँडी । बेल्डाँडी गाउँपालिका अन्तर्गतका शैक्षिक संस्था असार १० देखि श्रावन ५ गतेसम्म बिदा हुने भएको छ ।

बेलडाँडी गाउँपालिकामा प्रधानाध्यापक बैठक बमोजिम शैक्षिक सत्र २०८० को वार्षिक शैक्षिक क्यालेन्डरमा निर्धारण गरिएको वर्षे बिदामा अहिलेको प्रतिकूल तापक्रम र विद्यालयमा विद्यार्थीको न्यून उपस्थितिलाई मध्यनजर गर्दै उक्त क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थाहरु असर १० गते देखि साउन ५ गते सम्म विदा दिने निर्णय गरेको हो ।

पालिकाका स्तरीय प्रधानाध्यापक बैठक बमोजिम शिक्षा समितिको आजको निर्णयअनुसार गाउँपालिका क्षेत्रभित्र सञ्चालित सबै विद्यालयहरु विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

ताजा समाचार