बेलडाँडी गाउँपालिकाको रोजगार रणनीति तर्जुमाका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया

बेलडाँडी । बेल्डाँडी गाउँपालिकाले रोजगार रणनीति तर्जुमाका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

रोजगार सेवा केन्द्र बेलडाँडी गाउँपालिका कार्यालयले आयोजना गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगार संयोजक कृष्ण चन्दले सय दिनको रोजगार तालिम दिने रणनीति योजना रहेको बताउनुका साथसाथै आगामी दिनमा रोजगार सिर्जना गर्नका लागि के कस्ता योजना ल्याउने भन्ने बारे सरोकारवालाहरुसँग सुझाव सल्लाह मागेका छन् ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पालिकाभित्र रहेका नागरिकलाई रोजगार सिर्जना गर्न सिपमुलक तालिमका साथसाथै उनीहरूलाई सीप अनुसारको सीप मुलक आवश्यक सामग्रीहरु समेत दिलाउनु पर्ने कुरामा सुझाव सल्लाह दिएको छ ।

यसैगरी उक्त कार्यक्रममा सहभागी भएका जनप्रतिनिधी लगायत सरोकारवालाहरुले पालिका भित्र रहेका बेरोजगारी व्यक्तिहरूको तथ्याङ्ग संकलन गरेर त्यसभित्र सीप सिकेका र नसिकेका व्यक्तिहरू छुट्याएर उनीहरुको आवश्यकता अनुसारको सीप मुलक तालिम वा सीप मुलक आवश्यक सामग्रीहरू वितरण गर्नुपर्ने तथा कार्यस्थलको योजना ल्याउनु पर्ने सुझाव सल्लाह दिएका छन् ।

कार्यक्रमलाई समापन गर्दै गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले बेरोजगारी समस्यालाई निराकरण गरेर रोजगार दिलाउन सबै एकजुट हुनुपर्ने बताउँदै सबैको सुझाव सल्लाह अनुसार रोजगार सिर्जना गर्ने प्रतिबद्धता जनाउनुका साथै रोजगारी मुलक कार्यक्रम सिर्जना गर्दा रणनिती योजना अनुसार पालिकले सक्दो सहयोग गर्ने बताएका छन् ।

ताजा समाचार