महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १७ ले विपन्न परिवारका लागी आवास निर्माण गरेको छ । वडामा रहेका विपन्न परिवारका लागी आवास निर्माण गरिएको वडाध्यक्ष पदम बुडाले बताए ।
उनकाअनुसार वडा नम्बर १७ स्थित जानकी टोल, भगवती टोल र बैजनाथ टोलका एक–एक विपन्न परिवारको आवास निर्माण गरिएको छ । ‘यो वर्ष हामीले वडा नम्बर १७ मा रहेका विपन्न परिवार मध्ये ३ परिवारका लागी आवास निर्माण गरेका छौ ।’ वडाध्यक्ष बुडाले भने ‘विपन्न परिवारका लागी आवास निर्माण गर्ने यो अभियानलाई निरन्तरता दिन्छौँ ।’
यस्तै उनले वडामा खरले छाएका सम्पूर्ण विपन्न परिवारका आवास निर्माण गरिने समेत बताए । वडा कार्यालयले घर निर्माण गरिदिएपछि स्थानिय कुल कोहलीले सरकार भएको अनुभुति भएको भन्दैँ खुशी लागेको बताइन् ।
‘कच्चि, खरले छाएको घर बर्खामा चुहिने र सर्प, किराहरुको डर हुन्थ्यो ।’ उनले भनिन् ‘अहिले वडाध्यक्ष, वडाकार्यालयले घर निर्माण गरिदियो सरकार भएको अनुभुति भयो धेरै नै खुशी लागेको छ ।’उनले अगाडी भनिन् ‘हामी जस्ता गरिबका दुःख बुझदिने वडाध्यक्ष पाएकोमा खुशी लागेको छ ।’
निर्वाचित भएको एक वर्षमा वडाध्यक्ष बुडाले वडामा एम्बुलेन्स सेवा समेत संञ्चालनमा ल्याएका छन् । यस्तै विभिन्न नयाँ बाटो खोल्ने, सडक निर्माण, मर्मत लगाएतका थुप्रै विकास तथा जनमैत्री काम गरेका छन् ।