काँग्रेस नेता पाठकद्धारा दलित परिवारलाई घरवास र बाटोका लागी जग्गा प्रदान,भीनपा–११ ले ग¥यो सम्मान

महेन्द्रनगर । नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा समाजसेवी धर्मराज पाठकले दलित परिवारलाई घरवास र बाटोका लागी जग्गा प्रदान गरेका छन् ।

भीमदत्त नगरपालिका–११ स्थित वैजनाथ टोलका दुई दलित परिवारलाई डेढ कट्टा र वैजनाथ टोल, दलित बस्ती जान बाटोका लागी समाजसेवी पाठकले लाखैँ मुल्य पर्ने जग्गा निशुल्क प्रदान गरेका हुन् ।

काँग्रेस नेता तथा समाजसेवी पाठकको उक्त कार्यको प्रसंसा गर्दै भीमदत्त नगरपालका वडा नम्बर ११ वडा कार्यालयले खादा र प्रसंसा पत्र प्रदान गरी सम्मान गरेको छ ।

गरिब दलित परिवारलाई घरवासका लागी र दलित बस्ती जाने बाटोका लागी निशुल्क जग्गा उपलब्ध गराइदिनु भएकोमा समाजसेवी पाठकलाई वडा कार्यालयले सम्मान गरेको वडाध्यक्ष प्रकाश थापाले बताए । घरवास र बस्ती जाने बाटोका लागी जग्गा पाएपछि खुशी लागेको स्थानिय पप्पु दमाईले बताए ।

‘हामीलाई बस्नलाई जग्गा, जमिन, केही थिएन र यो दलित बस्ती जाने बाटोपनि थिएन ।’ उनले भने ‘आज काँग्रेसका नेता समाजसेवी धर्मराज पाठकले हामीलाई घरवास र बाटोका लागी निशुल्क जग्गा दिनु भएकोछ धेरै नै खुशी लागेको छ ।’ समाजसेवी पाठकले निरन्तर यस्ता थुप्रै सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा समाचार