महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर उप–प्रमुख नीलम लेखक जोशीले अनाथ बालवालिकाहरुसंग आफ्नो जन्मदिन मनाएकी छन् ।
शनिवार नगर उप–प्रमुख जोशीले आफ्नो जन्मदिन महेन्द्रनगर स्थित समाजकल्याण महाकाली अञ्चल बाल अनाथालयका बालवालिकाहरुसंग मनाएकी हुन् ।
नगर उपप्रमुख जोशीले अनाथालय पुगेर बालवालिकासंग केक काटेर आफ्नो जन्मदिन मनाएको उनको सचिवालय सदस्य पार्वती सिंहले बताइन् । यस्तै नगर उपप्रमुख जोशीले बालवालिकाहरुलाई खाना समेत खुवाएकी छन् ।