कञ्चनपुर । पतंजली योग समिति कञ्चनपुरले पत्रकार भाष्कर केसीलाई सम्मान गरेको छ ।
पतंजली योग समिति कञ्चनपुरले पत्रकार केसीलाई नवौँ अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा सम्मान गरेको हो ।
सुदूर दर्पण दैनिकका सम्पादक केसीले जिल्लाको योग तथा आयुर्वेद क्षेत्रमा संचार माध्यमबाट भूमिका निर्वाह गरेको भन्दै प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
मंगलबार एक कार्यक्रमका विच पत्रकार केसीलाई पतंजली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी सहितका योगगुरुहरुले प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको छ ।