भीनपामा पर्यटन विकासका लागी एडिबिको टोलीद्धारा विभिन्न क्षेत्रको अवलोकन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा पर्यटन विकासका लागी एसियाली विकास बैंक (एडिबि) को टोलीले विभिन्न क्षेत्रको अध्ययन अवलोकन गरेको छ ।

प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक रमेश लेखक, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको पहलमा एडिविको टोलीले भीमदत्त नगरपालिकामा पर्यटन क्षेत्रको विकास तथा सम्भावित क्षेत्रको अध्ययन अवलोकन गरेको हो ।

भीमदत्त नगरपालिकामा पर्यटन विकासका लागी महाकाली करिडोर, महाकाली पुल, दोधारा चाँदनी झोलुङ्गे पुलको सौन्दर्यकरण,कनेक्टिभिटि, महाकाली पुल देखी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारको सडक निर्माण, जनावरबाट बच्न निकुञ्ज किनारमा पर्खाल निर्माण, महाकाली नदि किनारमा तट (विच) निर्माण लगाएतका पर्यटन क्षेत्रको विकासका लागी प्रतिनिधि सभा सदस्य लेखक, नगर प्रमुख बोगटीले एडिविका प्रतनिधिहरुलाई आग्रह गरेका छन् ।

पर्यटन विकास तथा बजेटको व्यवस्थापन लगाएतका विषयमा एडिविको टोली संग छलफल सकेत गरिएको छ ।

विहिवार एडिविका प्रतिनिधि (पर्यटन विकास अध्ययन विज्ञ) सुनिल बराल, सहितको टोलीले महाकाली करिडोर, बह्मदेव बजार, महाकाली पुल, पुल देखी शुक्लाफाँटा निकुञ्ज जाने बाटो, निकुञ्ज किनारको सडक लगाएतका क्षेत्रको अनुगमन गरेको छ ।

अध्ययन अनुगमन पछि एडिविका प्रतिनिधिले भीमदत्त नगरपालिकामा पर्यटनको सम्भावना प्रवल रहेको भन्दैँ अध्ययन छलफल गरेर यहाँको पर्यटन विकासका लागी एडिबिले काम गर्ने बताए । अवलोकनमा प्रदेश सभा सदस्य बेल बहादुर राना, नगर उपप्रमुख नीलम लेखक जोशी, वडाध्यक्ष,होटेल व्यवसायी संघका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।

ताजा समाचार