बेलडाँडी गाउँपालिकामा विज्ञापन खुलेको बर्ष दिन बित्दा समेत रोजगार सहायक पदको परीक्षा अन्योलमा

कञ्चनपुर : बेलडाँडी-बेलडाँडी गाउँपालिकाले बिज्ञापन गरेको एक बर्ष बित्दा समेत सहायक रोजगार पदको परीक्षा गर्न सकेको छैन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सूचना २०७९/०३/२५ अनुसार प्रत्येक स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ जना रोजगार सहायक नियुक्त गर्ने निर्णय भएअनुसार हाल सम्म पनि बेलडाँडी गाउँपालिकाले कर्मचारी नियुक्त नगर्दा रोजगार सेवा केन्द्रको सेवा प्रवाहमा समेत ढिला सुस्ती भएको छ ।

मन्त्रालयले कर्मचारी नियुक्ति सम्बन्धि निश्चित मापदण्ड तोके पनि परीक्षा र नियुक्त लगायतका कार्य प्रकियाहरु भने स्थानीय तहले नै गर्नुपर्ने भएकोले उक्त परीक्षा अहिले सम्म ओझेलमा परेको छ।

गाउँ पालिकाले प्रथम पटक प्रकाशित विज्ञापन अनुसार कुनै पनि उम्मेदवार उतीर्ण नहुदा नियुक्त गर्न नसकेको र दोस्रो पटक प्रकाशित विज्ञापन २०७९/०५/१६ मा पुन: दरखास्त आवहन गरि मिती २०७९/०८/१७ गते तोकिएको परीक्षा स्थगित गरि अहिले सम्म पनि परीक्षा सञ्चालन गर्न सकेको छैन।

उक्त विषयमा परिक्षार्थीहरुले गा.पा अध्यक्ष हरिश्चन्द्र राना संग सोधपुछ गर्दा प्रत्येक एकपछी अर्को आइतबार सुचना आउँछ भन्दै अहिले सम्म आशामा राखेको बताउछन भने गापाका प्रमुख प्रशासकीय अधिकृतलाई परीक्षा यति ढिला किन सर? भन्दा हाल गाउपालिकाले आवश्यक नठानेर पनि हुनसक्छ भन्दै जवाफ दिएको जानकारी गराउदछन ।

त्यस्तै पालिकाका रोजगार संयोजक कृष्णबहादुर चन्दलाई सोधपुछ गर्दा आफुले पटक पटक यस विषयलाई स्थायी बैठकमा कुरा राख्दै आएको बताउछन् ।

यस प्रकार परीक्षामा भएको ढिलासुस्तीले विद्यार्थीहरुको माझ भविष्यका योजनाहरु निर्माणमा कठिनाइ हुनुका साथै वर्तमानमा पनि त्यही परीक्षाको लागि आसा गर्दै महिनौ सम्म घरमै बसेर तनाबग्रस्त हुनुपरेको बताउँछन । पालिकाले अन्तिम सटलिस्टमा १० जनाको नाम सार्वजनिक गरेको छ। जसमा रोजगार सहायक पदका लागि १ जनाको विज्ञापन आव्हान गरेको हो।

बेलडाँडी गाउँपालिका विभिन्न पदमा विज्ञापन आव्हान गर्दै लिखित मौखिक परीक्षा सम्पन्न गरि नियुक्तिपत्र समेत दिई सकेको छ भने रोजगार सहायक पदको विज्ञापनको परीक्षा स्थगित गरेको बर्ष महिना दिन पुग्दा समेत परीक्षा कहिले गर्ने भन्ने विषयमा भने कुनै किसिमको चासो नदेखाएको र परीक्षा हुने नहुने भन्ने विषयमा पालिका अन्योलमा परेको देखिन्छ ।

ताजा समाचार