महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदि र भुजेला खोलाको बाढी नियन्त्रण गर्न पत्राचार गरिएको छ । महाकाली नदि किरनारका वडा (भीमदत्त नगरपालिका वडा नम्बर ११, १२ र १३) ले सयुक्त रुपमा महाकाली र भुजेला खोलाको बाढी नियन्त्रणका लागी महाकाली पुल आयोजनालाई पत्राचार गर्ने निर्णय गरिएको भीमदत्त नगरपालका वडा नम्बर ११ का वडाध्यक्ष प्रकाश थापाले बताए ।
सोमबार वडा नम्बर ११ का वडाध्यक्ष थापा, १२ का वडाध्यक्ष भूपेन्द्र रावल, १३ का वडाध्यक्ष रामचन्द्र बोहोरा, वडा सदस्यहरु, महाकाली पुल आयोजनाका प्रतिनिधि, महाकाली पुल निर्माण कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा महाकाली र भुजेला खोलाको बाढी जोखीम क्षेत्रको अनुगमन गर्दै नियन्त्रणका लागी महाकाली पुल आयोजनालाई पत्राचार गर्ने निर्णय गरिएको हो ।
वडाध्यक्ष थापाकाअनुसार भीनपा–१२ स्थित भुजेला खोला पक्कि पुलको पश्चिममा रिभर चैनेलाइजेशन गर्ने, भुजेला पुलको पश्चिममा रहेको स्परको लम्बाई बढाउने, भीनपा–१२ स्थित टरसरीको पक्कि गेट व्यवस्थापन, भीनपा–११ र १२ को सीमाना बरेली टोलको गन्धा नाला र भुजेला खोला जोडने ठाँउ देखि झुलुङ्गे पुल सम्म दुवैतर्फ तटबन्ध निर्माण गर्न महाकाली पुल आयोजनालाई पत्राचार गर्ने निर्णय गरिएको हो । मंगलवार नै पत्राचार गर्ने उनले बताए ।