कञ्चनपुर सामुदायिक विद्यालयका शिक्षकहरूले गरे शिक्षा ऎन मस्यौदा विरुद्द आन्दोलन

कञ्चनपुर । सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐन ०८० को मस्यौदा बिरुद्धमा कञ्चनपुरका शिक्षकहरु आन्दोलित भएका छन ।

विद्यालय शिक्षा ऐनको मस्यौदा बिरुद्धमा सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालय बन्द गरेर मंगलबार जिल्ला विकास तथा समन्वय इकाईको कार्यालय घेराउ गरेका हुन ।

सामुदायिक विद्यालयका शिक्षकको हित विपरित ल्याएको शिक्षा ऐनको मस्यौदाले निरासाजनक भयो भन्दै शिक्षक महासंघले बिहान देखि कार्यालय घेराउ गरेर आन्दोलन गरी ज्ञापन पत्र समेत बुझाएका छन ।

शिक्षा ऐन ०८० को मस्यौदा अनुसार सबै प्रकारका शिक्षक कर्मचारीको हितमा ऐन नहुुँदा बाध्य भएर आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीहरुले बताएका छन् ।शिक्षक कर्मचारीहरुले शान्ति पूर्वक अनौठो किसिमले मनोरञ्जनका साथ देउडा गीत प्रस्तुत समेत गरेका थिए ।

ताजा समाचार