नेपाल सि. एम. ए.संघ जिल्ला भेला प्रभातफेरी कार्यक्रम सम्पन्न

कञ्चनपुर । नेपाल सि. एम. ए.संघ कञ्चनपुर जिल्ला भेला प्रभातफेरी गरी कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार नेपाल सि. एम. ए.संघले अायोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि संघीय सान्सद रमेश लेखक,विशिष्ट अतिथी शुदूरपश्चिम प्रदेश सरकारका पुर्व मुख्य मन्त्रि राजेन्द्र सिंह रावल,नेपाल जिल्ला अौषधी व्यावसायि संघ अध्यक्ष रामचन्द्र बुडा, सिएमए संघ केन्द्रिय महासचिव लाल बहादुर खडका जिल्लामा रहेका सिएमए हरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बिरेन्द्र तिवारीले बिगत केहि दिन देखी हाम्रो पेशामा समस्या अाएको छ राज्यले हामी माथी समस्या उत्पन्न गराएको छ। हाम्रो समस्या समाधानका लागि पहलकदमी गरि दिन सान्सद लेखक लाइ अाग्रह गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि संघीय सान्सद रमेश लेखकले सिएमएका राखेको माग समस्या समाधानका लागि पहल गर्ने बताए ।

विशिष्ट अतिथी शुदूरपश्चिम प्रदेश सरकारका पुर्व मुख्य मन्त्रि राजेन्द्र सिंह रावलले मागेर अधिकार प्राप्त गर्न सकिदैन। अधिकार प्राप्त गर्न सबै सिएमए पेशाकर्मी एक हुन अावश्यक रहेको बताए ।

ताजा समाचार