अल स्टार युवा क्लब बेलडाँडिको अध्यक्षमा बलायर

केशव थापा/कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीमा रहेको अल स्टार युवा क्लबको अध्यक्षमा लोक बहादुर बलायर चयन भएका छन् ।

बेलडाँडी गाउँपालिका वडा न. १ मा अवस्थित अल स्टार युवा क्लब को अध्यक्षमा आम भेला बाट सनिवार एक कार्यक्रमका साथ लोक बहादुर बलायर लाई सर्वसम्मत क्लबको अध्यक्षमा चयन गरेको हो।

कार्यसमिति उपाध्यक्षमा मनोज खडायत, सचिबमा धनबहादुर महता ,सहसचिवमा दिपक राज कोइराला , कोषाध्यक्षमा शिवकला शाही र सदस्यहरू कृष्ण बहादुर शाही , विशाल शाह, प्रेम कार्की, प्रकाश चौधरी, दिनेश जोशी र पुष्कर चौधरी लगायत ११ सदस्य कार्यसमिति चयन गरिएको छ। क्लबको सल्लाहकार संयोजकमा दिर्घ बहादुर सिंह, भगरथी चन्द, वीर देव भट्ट, शेर बहादुर सिंह र शान्ति जोशी रहेका छन् ।

क्लबले आउदै गरेको सुदूरपश्चिमको मौलिक पर्व गौराको उपलक्ष्यमा विगतका वर्ष झै यो वर्षमा पनि खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।उक्त प्रतियोगिता आयोजना कहिले देखि गर्ने भन्ने बारेमा भने मिति को घोषणा अर्को बैठक बाट निर्णय गरिने अध्यक्ष बलायरले बताउनु भयो। अल स्टार युवा क्लबका संस्थापक अध्यक्ष चेत बहादुर शाह क्लबको वृद्धि बिकासका लागि सधै सहयोग गर्ने समेत प्रतिबद्धता गरेका छन् ।

ताजा समाचार