माग पूरा नहुँदासम्म विश्वविद्यालय केन्द्रीय कार्यालयको ताला नखोल्ने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको निर्णय

महेन्द्रनगर । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले राजनीतिक भागबन्डा अन्त्य गर्न पत्रकार सम्मेलन गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजनीतिक भागबन्डा अन्त्य गर्न विगत ३६ दिनदेखी सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाएको ताला नखोलेको जनकरी दिएको हो।

आईतवार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले “सम्पूर्ण देशभक्त प्रजातान्त्रिक तथा सिर्जनशील विद्यार्थी एकजुट होऔ। ” भन्ने मूल नाराका साथ पत्रकार सम्मेलन गर्दै आफना मागहरु सम्बोधन नहुँदा सम्म सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाएको ताला नखोल्ने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष प्रेम रावलले बताएका छन् ।

शैक्षिक थलोलाई राजनैतिक थलोको रुपमा प्रयोग गर्ने, शिक्षक पदाधिकारीहरु नियुक्तिमा राजनीतिक भागबन्डाको अन्त्य गर्नुपर्ने माग रहेको उनले बताए ।

अध्यक्ष प्रेम रावलका अनुसार “साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा विद्यार्थीहरुलाई अध्ययनमा कुनै पनि किसीमले प्रभाव नपर्ने गरी तालाबन्दी गरिएको र क्याम्पसको आर्थिक कारोबारमा मात्र प्रभाव परेको छ । भाद्र १० गतेसम्म माग पूरा भएन भने फेरी कडा रुपमा आन्दोलन गर्ने बताएका छन् ।

ताजा समाचार