कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र जोशीलाई कुटपिट भएर गंभीर घाइते भएका छन् ।
उक्त विद्यालयको कक्षा १० मा अध्ययनरथ एक छात्राले आफुमाथि यौनजन्य दुर्व्यवहार गरेको भन्दै शिक्षक बिरेन्द्र जोशीमाथि आरोप लगाएपछि आइतबार विद्यालयमा आन्दोलन भएको हो । आन्दोलनमा विद्यार्थीले शिक्षक बिरेन्द्र जोशीलाई ढुङ्गामुढा प्रहार गरेका थिए । विद्यालयबाटै प्रहरीले शिक्षकलाई हतहडी लगाएर लिने क्रममा विद्यालय भन्दा बाहिर एक हुल समुहले शिक्षकमाथि कुटपिट गरेर घाइते बनाएको थियो ।
शिक्षकमाथि कुटपिट गरिएपछि विद्यालय, शिक्षकहरुले आरोपकै आधारमा प्रहरीले विद्यालयबाट हतकडी लगाएर ल्याउने क्रममा कुटपिट भएको भन्दै जाहेर गरेका छन । छात्रा पक्षले शिक्षक बिरेन्द्र जोशीमाथि यौनजन्य दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले बताएका छन् ।
शिक्षक घाइते जोशीको धनगढीस्थित निसर्ग अस्पतालमा आइसियुमा राखेर उपचार भई रहेको छ । विद्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी नियन्त्रणमा विद्यालय भित्रै हतकडी लगाएर शिक्षक जोशीमाथि कुटपिट गरेको जनाएको छ । विद्यालयले कुटपिटमा संलग्नमाथि कानुनी प्रक्रियामा जाने घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।