महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाअध्यक्ष रविन्द्र देबकोटाको उपचारका लागि भीमदत्त नगरपालिकाले ५१ हजार आर्थिक सहयोग गर्ने भएको छ ।
साउन २७ गते नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औं जिल्ला अधिवेशनका क्रममा देबकोटामाथि आफ्नै पार्टी (नेकपा एमाले) कार्यालयमैं सांघातिक आक्रमण भएको थियो । राष्ट्रिय युवा संघको निर्वाचन कमिटीमा समेत रहेका देवकोटाको अहिले काठमाडौंमा उपचार चलिरहेको छ ।
कुटपिटबाट गम्भिर घाइते भएर उपचारत वडाध्यक्ष एवम् कार्यपालिका सदस्य देवकोटालाई हाल ५१ हजार आर्थिक सहयोग गर्ने कार्यपालिका बैठकबाट निर्णय गरिएको नगरप्रवक्ता महेन्द्र खड्काले बताए ।
यस्तै उनको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।