राष्ट्रिय विपद् जोखिम न्यूनिकरणद्धारा भीमदत्त नगरपालिकालाई विभिन्न उपकरण हस्तान्त्ररण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकालाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न उपकरण हस्तान्त्ररण गरेको छ ।

आगलागी तथा डढेलो लगाएतका विपद्का समयमा आवश्यक पर्ने ‘पार्टेबल फायर पप्प,टेलिस्कोप सिढि लगाएतका विभिन्न ११ किसिमका उपकरण बुधवार नगर उपप्रमुख नीलम लेखक जोशीलाई हस्तान्त्ररण गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना व्यवस्थापन प्रणाली विज्ञ इन्जिनियर अशोक शर्माले बताए ।

नगर उपप्रमुख जोशीको पहल र तारन्तार ताकेताबाट तत्काललाई उक्त रामाग्री हस्तान्त्ररण गरिएको उनले बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार भीमदत्त नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग किनारका बस्तीमा हुने बाढी, डुवानको समस्या समाधानका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरि सकेसम्म यो आर्थिक वर्षमै बजेटको व्यवस्थापन गरेर काम गर्ने विषयमापनि सकारात्मक छलफल भएको छ ।

ताजा समाचार