भोली देखि बेलडाँडीमा फुटबल प्रतियोगिता हुने, खेल तालिका सार्वजनिक

बेल्डाँडी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वडा न.१ मा आयोजना हुने छैठौं संस्करण बेल्डाँडी खुल्ला नकाउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

आइतबार अल स्टार युवा क्लबले छैठौं संस्करणको खेल तालिका सार्वजनिक गरिएको हो। सुदूरपश्चिमेलिहरुको महान चाड गौरा पर्वको उपलक्ष्यमा आयोजना हुँदै आएको प्रतियोगिता लाई निरन्तरता दिदै नयाँ कार्यसमिति चयन भए संगै क्लबकै सर्वाधिक धनराशिको प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको क्लबका सचिब बिकास सिंह महताले बताउनु भयो।

प्रतियोगिता यहि भाद्र १८ देखि २५ गते सम्म सञ्चालन हुने छ, विजेता टिमले नगद ७५ हजार ट्रफी प्रमाणपत्र ,मेडल हात पार्ने छ भने उपविजेताले हुने टिमले ४५ हजार ट्रफी प्रमाणपत्र ,मेडल मा चित्तबुझाउने छ।

प्रतियोगितामा अन्य विधाका खेलाडी लाई पुरस्कारको व्यवस्था पनि रहेको सचिब महताले बताउनु भयो।प्रतियोगितामा विभिन्न पालिकाका १८ टिमको सहभागिता रहेको छ भने आयोजक अलस्टार युवा क्लबका टिम (ए) र टिम (बि) रहेका छन् ।

प्रतियोगितामा जम्मा २० टिम प्रतिस्पर्धा गर्ने छन् ।खेल नकाउट आधारमा खेलाइने छ। उक्त प्रतियोगिताको उद्धघाटन भाद्र १८ गते दिउँसो २ बजे हुने छ। प्रतियोगिताको उद्धघाटन खेल अल स्टार युवा क्लब “बि” र एक्सेस मिटपोइन्ट बिच प्रतिस्पर्धा हुने छ।

Advertisementspot_img

ताजा समाचार