एन्टिबायोटिक रेसिस्टेन्सबारे सञ्चारकर्मीको भुमिका अभिमुखीकरण कार्यक्रम

कञ्चनपुर ।एन्टिबायोटिक रेसिस्टेन्सबारे सञ्चारकर्मीको भुमिका अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

आज बुधबार युएसएआइडिको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा एन्टिमाइक्रोबियल सम्बन्धी समाचार सम्प्रेषण र आफुले एन्टिमाइक्रोबियल सम्बन्धी खेलेको भुमिका बारे सञ्चारकर्मीसंग छलफल भएको हो।

उक्त कार्यक्रम असारको पहिलो साता तिर कञ्चनपुर र कैलालीका पत्रकारहरु विच एक दिने एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)बारे अभिमुखीकरण जनचेतना कार्यक्रम गरेको थियो ।

उक्त कार्यक्रममा एन्टिबायोटिकको व्यापक प्रयोग गर्दा कसरी दिर्घकालिन अवस्थामा स्वास्थ्यलाई असर पारेको बारे त्यसको निराकरणको लागि अनुमति प्राप्त स्वास्थ्य चौकी वा चिकित्सको सल्लाह अनुसार औषधी उपचार गर्नु पर्ने र केही क्षणको लागि सजिलो र सस्तो रोजाई गर्दा दिर्घकालिन अवस्थामा जटिल रोगको सामाना गर्नु पर्ने हुनाले सञ्चारकर्मीको भुमिका बारे छलफल भएको थियो ।

कार्यक्रममा डा. सन्तोष दुलाल, डा. विवेका श्रेष्ठ, अर्जुन अधिकारी र राजकुमारले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित पत्रकारहरुले एन्टिबायोटिकको बारेमा थाहा भए पनि पहिले लागु नगरेको र कार्यक्रम प्रश्चात आफुले यस विषयमा लागु गर्नुका साथै घर परिवार तथा छर छिमेकमा पनि औषधी उपचार गर्दा सम्बन्धी विषयका चिकित्सक वा भरपर्दो क्लिनिक बाट उपचार गर्न थालेको र आफु आवद्ध मिडिया बाट पनि यस विषयमा समाचार सम्प्रेषण गर्नुको साथै जन चेतना फैलाउन लागेको बताए ।

ताजा समाचार