कञ्चनपुरमा एक सामुदायिक वनमा महिलाको शव फेला, हत्या भएकाे आशंका

कञ्चनपुर । कञ्चनपुर जिल्लाकाे शुक्लाफाँटा नगरपालिका वडा नम्बर- ७ स्थित एक सामुदायिक वनमा महिला शव फेला परेको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर- ७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ६०/६२ वर्षिया नारू देवी जोशीको सोमबार विहान मृत शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

आइतबार साँझ घाँस काट्न गएकी महिला अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा सोमबार विहान जंगलमा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक(डिएसपी) प्रकाश डाँगीले बताए ।

डिएसपी डाँगीका अनुसार “ मृतककाे घाटिमा घाउ छ, गहना समेत लुटेकाे देखिएकाले घटना हत्या भएकाे शंकास्पद रहेको छ । ”घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार