भीनपा–१२ मा ६ महिने सिलाई कटाई तालीम शुरु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा सामुदायीक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगरको सहकार्यमा ६ महिने सिलाई कटाई तालिम शुरु भएको छ ।

सोमबार नगर उपप्रमुख नीलम लेखक जोशीले सो तालिमको उद्धघाटन गरेकी हुन् । तालिमको उद्धघाटन गर्दै नगर उपप्रमुख जोशीले खास गरेर महिला दिदी बहिनी हरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउदैँ तालिमबाट सिकेका कुरालाई सहि सदुपयोग गर्नसमेत आग्रह गरिन् ।

यस्तै महिलाहरुको आर्थिक उन्नतीका लागि नगरपालिकाले थप तालिम एवम् बजेटको समेत व्यवस्था गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरिन् । वडा नम्बर १२ का वडाध्यक्ष भुपेन्द्र सिह रावलको अध्यक्षतामा सम्पन्न सो तालिम उद्धघाटन कार्यक्रममा वडा सदस्य, स्थायिन महिलाहरु, प्रशिक्षक लगाएत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार