सुदुरपश्चिम पैरवी जिल्ला संजालको प्रथम महिला भेला कार्यक्रम

महेन्द्रनगर। कञ्चनपुर जिल्लामा सुदुरपश्चिम पैरवी जिल्ला संजालको प्रथम महिला भेला कार्यक्रम सम्पन्न भएको छ ।

आज शुक्रबार जिल्ला समन्वयको सभाहलमा सुदुरपश्चिम पैरवी महिला संजालको आयोजनामा भएको कार्यक्रम “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता:महिला र बालबालिकामा लगानीको एक्यवद्धता” भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा बिरुद्दको १६ औं दिने अभियान ७ औं दिन सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सभापतिमा सजिवनी नेपालका पुर्व अध्यक्ष नितु भट्ट, प्रमुख अतिथिमा जिल्ला समन्वय कार्यालयका उपप्रमुख रामकुमारी राना, विशिष्ट अतिथिमा बसन्ती जोशी, पत्रकार महासंघका अध्यक्ष माधव धामी, भीमदत्त नगरपालिका वडा नम्बर-४ का सुशिल भट्टलगायत स्थानिय जनप्रतिनिधि, महिलाहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सजिवनी नेपालका पूर्व अध्यक्ष भट्टले समुदाय स्तरमा काम गर्न चाहने हरेक महिलाहरूलाई सजिवनी नेपालले १३ वर्ष अगाडि देखि नै सहयोग गर्दै आइरहेको बताइन् । उनले भनिन्, “सुदुरपश्चिम भरिका महिलालाई समेटेर महिला हिँसा,न्याय अधिकारका लागि पैरवी गर्ने उद्देश्यले भीमदत्त नगरपालिकाको १९ वटै वडाहरू मध्ये ५/५ जना महिलाहरूलाई उक्त कार्यक्रममा समेटेर महिला हिंसा विरुद्धको अभियानमा समावेश गरेका छौं । समाजमा घटिरहेका महिला हिंसा विरुद्ध आवाज उठाउन उक्त कार्यक्रम आयोजना गरिएको हो भने, अबका दिनहरूमा हरेक महिलाहरूले आफ्नो अधिकारका लागि आवाज उठाउनु पर्ने भट्टले बताइन् ।

त्यसैगरी भीमदत्त नगरपालिका वडा- ४ का वडाध्यक्ष भट्टले गाउँदेखि लिएर हरेक टोल-टोलहरूमा गएर उक्त महिला हिंसा विरुद्धको अभियानमा मात्र नभएर बाँकिका दिनहरूमा पनि महिला हिंसा विरुद्धमा आवाज उठाउनु पर्ने बताएका छन् ।

त्यसैगरी प्रमुख अथितिका रुपमा सहभागी भएका जिल्ला समन्वय कार्यालयका उपप्रमुख रानाले अबका दिनहरूमा महिलाहरूले आफ्नो हक हितका लागि मैदानमा उत्रिनु अति नै आवश्यक रहेको बताइन् । उनले भनिन्, “समाजमा महिलाहरू लाई हेर्ने असमान दृष्टिकोणको कारणले गर्दा महिलाहरू थप हिंसाको जोखिममा रहेका छन् । यसलाई अबको समयमा न्युनिकरण गर्न सरकारले अझै थप ध्यानाकर्ष गर्नु पर्ने देखिएको बताएकी छिन्।

ताजा समाचार