वित्तीय साक्षरता,उद्यमशीलता तथा महिला सशक्तिकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुर जिल्लामा वित्तीय साक्षरता,उद्यमशीलता तथा महिला सशक्तिकरण सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ ।

संयुक्त राज्य अमेरिका दूतावास युवा परिषद्, २०२३ को सामुदायिक संलग्नता परियोजना अन्तर्गतको युवा समुहको परियोजना- “सक्षम नारी, नेपालको चिनारी” भीमदत्त नगरपालिमा सम्पन्न भएको छ।

 नगरपालिकाका उपप्रमुख निलम लेखक जोशी को प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको थियो।USYC (United States Embassy Youth Council) अमेरिकी दूतावासको सार्वजनिक मामिला विभाग अन्तर्गतको यस परिषदमा नेपालका सबै क्षेत्रका ३० वर्ष मुनिका युवायुवतीहरूले विभिन्न पृष्ठभूमिको प्रतिनिधित्व गर्दछन्।

 यस परिषद्का सदस्यहरूले समूह गठन गर्ने र समुदायलाई अझ राम्रो सेवा प्रदान गर्ने कार्य गरिरहेको छ, र “सक्षम नारी – नेपालको चिनारी” ती मध्ये एक हो। यस परियोजना महिला सशक्तिकरण, वित्तीय साक्षरता, र उद्यमशीलतामा विशेष केन्द्रित रहेको छ जसले तलिम र कार्यशालाहरू मार्फत स्थानीय व्यवसाय र समुदायहरूलाई अगाडि बढाउन मद्दत गर्नेछ। 

यस कार्यक्रमको आयोजकमा रोहन मकै श्रेष्ठ, आकांक्षा जोशी, जोफेन लामा, मिङ्मा डोमा शेर्पा, आशिका पोखरेल, सोफिया राणा र संस्कृति फुयाँल रहेका छन्। यी युवाहरु नेपालका विभिन्न पेशा र युवा समूहलाई प्रतिनिधित्व गर्दछन्। यस कार्यक्रमको प्रशिक्षकको रुपमा महिला उद्यमी महासंघका पूर्वअध्यक्ष, मिना रायमाझी खत्री र उद्यमी मिना फूलाराले सहकार्य गरेका थिए।

“यस कार्यक्रमले कञ्चनपुर जिल्लाको सम्पूर्ण महिला उद्यमीहरुलाई एक अर्का सँग जोडिन र स्थानीय श्रोत साधनलाई सही सदुपयोग गरेर आत्मनिर्भर बनाउन मद्दत गर्नेछ। महिलाहरुको कार्यक्रमप्रतिको विश्वास, लगनशीलता र सफल सहभागिताले हामी निकै हार्षित भएका छौं”, आयोजक टोलीका रोहन म. श्रेष्ठले बताए। 

आयोजक टोलीकै अर्का सदस्यले भने, “राजधानी बाट टाढा भएपनि यो नगर आफैमा एक सुन्दर नगर र अवशरहरुले भरिपूर्ण नगर हो र यसलाई हामीले उद्यमशीलताको माध्यमबाट प्रवर्दन गर्नु पर्दछ।”

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार