एनएमबि बैंक महेन्द्रनगर शाखाद्घारा साधारण स्कुललाई साईकल स्टेण्ड निर्माण

एनएमबि बैंक लिमिटेड महेन्द्रनगर शाखाको आर्थिक सहयोगमा श्री महेन्द्रनगर माध्यामिक बिद्यालय (साधारण) मा साईकल स्टेण्डको निर्माण कार्य सम्पन्न गरी सोको बुधबार आयोजित एक समारोह बिच समुदद्याटन गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिद्यार्थीलाई साईकल राख्न सहज र सुरक्षित हुने साथै विद्यार्थीको शैक्षिक बिकासमा समेत सहयोग पुग्ने उद्येश्यले बिद्यालयलाई साईकल स्टेण्ड निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।

बिद्यालयमा बुधवार आयोजित कार्यक्रममा बैंकका सुदुरपश्चिम तथा कर्णाणी प्रदेश प्रमुख श्याम अधिकारी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विरेन्द्रराज विष्टले संयुक्त रुपमा समुदद्याटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकका तर्फबाट बरिष्ठ एरिया मेनेजर शुसिल बहादुर सिँह, महेन्द्रनगर शाखा प्रवन्धक खेमराज उपाध्याय, विजनेश डेभलोप्मेन्ट म्यानेजर अन्जु भट्ट र विद्यालयका तर्फबाट प्र.अ. देवराज भट्ट, सहायक प्र.अ. भुवनदेव लेखक, सरस्वती भाट, शिक्षक प्रतिनिधी विर बहादुर भण्डारी, लेखापाल महानन्द पाण्डेय, रेडक्रस संयोजक विष्णु दत्त भट्ट, विद्यालय व्यवस्थापन समिति सदस्यहरु र शिक्षक शिक्षिकहरुको उपस्थिती रहेको थियो ।
एनएमबि बैंक लिमिटेड Bank of the Year, Nepal 2017,2018 & 2020 तथा The Bank of The Year Asia 2021 पनि रहेको छ।

ताजा समाचार