पेसवानद्वारा विद्यार्थीलाई कपडा वितरण

महेन्द्रनगर । पेसवान कञ्चनपुरले बेलडाँडी गाँउपालिकाका सामुदायिक विद्यालयमा न्यानो लुगा वितरण गरेको छ । मंगलवार गाँउपालिकामा रहेका सामुदायिक विद्यालय मध्ये ५ वटा विद्यालयका ४ सय १२ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

दातृ निकाय चाईना फाउन्डेसनको सहयोगमा पेसवान संस्थाले विद्यार्थीहरुलाई ट्रयाक सुट, टोपी, गलबन्दी, मोजा, पञ्जाहरु वितरण गरेको पेसवान कञ्चनपुरका सदस्य दमन चन्दले बताए । उनकाअनुसार बेलडाँडी गाँउपालिका २ मा रहेको त्रिशुली आधारभुत विद्यालयमा ८५ जना विद्यार्थी, कञ्चन आधारभुत विद्यालयमा ६७ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

त्यस्तै बेलडाँडी गाँउपालिका- ०२ स्थित रौलेश्वर माध्यामिक विद्यालयमा ५८ जना विद्यार्थी, बेलडाँडी गाँउपालिका-०१ मा रहेको कालिका आधारभुत विद्यालयमा १ सय ३० जना विद्यार्थी, र बेलडाँडी गाँउपालिका-०५ को कालिका आधारभुत विद्यालयमा ७२ जना विद्यार्थीहरुलाई न्यानो कपडाहरु वितरण गरिएको छ ।

संस्थाले भोलि (बुधवार ) वेदकोट नगरपालिकाका ४ वटा सामुदायिक विद्यालयमा न्यानो लुगा वितरण गर्ने सदस्य चन्दले जानकारी दिए । पेसवानले डडेल्धुर, कञ्चनपुर र कैलालीमा काम गर्दै आएको छ ।

Advertisementspot_img

ताजा समाचार