काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न आदेश दिएका छन्।
लगातार १३ दिनको आक्रमणपछि अमेरिकी सेनासँग रहेका क्षेप्यास्त्र तथा हवाई प्रतिरक्षा हतियारको मौज्दात घट्दै गएको चिन्ताका बिच ट्रम्पले थप हमला स्थगित गर्ने निर्णय गरेका हुन्। शुक्रबार आफ्ना प्रमुख सल्लाहकारहरूसँगको उच्चस्तरीय छलफलपछि ट्रम्पले आक्रमण रोक्दै कूटनीतिक पहलका लागि समय दिने रणनीति बनाएका छन्।
यद्यपि, आक्रमणको स्थगन अस्थायी वा दीर्घकालीन के हुने भन्ने स्पष्ट भइसकेको छैन भने अमेरिकी सेनाले सम्भावित ठुलो कारबाहीका लागि पूर्वतयारी जारी राखेको छ।




