कैलाली । गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन बिथोल्न खोजेको भन्दै धनगढीका नागरिक अगुवाहरूले डा. गोविन्द केसीको अनसनप्रति आपत्ति जनाएका छन्।
विगतमा डा. केसीका मागलाई समर्थन गरे पनि यसपटकको अनसन सुदूरपश्चिमको हित विपरीत रहेको उनीहरूको भनाइ छ। पूर्वाधार तयार भई यसै वर्षदेखि पढाइ सुरु हुने बेला विश्वविद्यालयको साटो मेडिकल कलेजको माग राखेर अनसन बस्नु गलत भएको नागरिक अगुवाहरूले बताएका छन्।
अधिकांश स्थानीयले अनसनको समय र मागप्रति प्रश्न उठाएका छन्।




