कैलाली । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन प्रक्रिया अवरुद्ध नगर्न सङ्घर्ष समिति कैलालीले आह्वान गरेको छ।समितिका सचिव धर्मसिंह कुँवरले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै विश्वविद्यालय सञ्चालनका लागि सम्पूर्ण सुदूरपश्चिमवासीलाई एकजुट हुन आग्रह गरे।
डा. गोविन्द केसीको अनशन र अभिव्यक्तिप्रति असहमति जनाउँदै उनले खुला प्रतिस्पर्धाबाट आएका पदाधिकारी बर्खास्तीबारे सरकारसँग प्रश्न गरे। साथै, यसै वर्ष एमबिबिएस पढाइ सुरु हुने सुनिश्चितता कसले दिने भन्दै उनले स्पष्ट जवाफ मागेका छन्।




