सुनसरी । देवानगञ्ज घटनापछि स्थिति सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको छ।
आइतबार राति देवानगञ्जको कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने ९ जना प्रदर्शनकारी र १३ जना प्रहरी घाइते भएका छन्।
घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी एक साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
सुनसरी घटनापछि प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल सुरु, गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
प्रकाशित मिति:




