काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन्।
सुनसरीको देवानगञ्जमा दुई समुदायबीचको तनावपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि बास्कोटाले गृहमन्त्रीको राजीनामा मागेका हुन्।
झडपमा प्रहरीसहित २१ जना घाइते भएका छन् भने कर्फ्यूबीच आगजनी भएपछि सेना परिचालन गरिएको छ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले घटनाको जिम्मेवारी लिँदै गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभएको छ।
सुनसरी घटनालाई लिएर एमाले नेता गोकुल बास्कोटाद्वारा गृहमन्त्रीको राजीनामा माग
प्रकाशित मिति:




