दार्चुला । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर ५६ वर्षीय धनसिंह धामीको मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका–८ र ३ को सीमामा पर्ने गाडखोलामा गत वर्ष मात्रै निर्माण गरिएको काठको पुल मेलखेत बजारबाट घर फर्कने क्रममा सोमबार साँझ भाँचिएको थियो।
राति घर नफर्किएपछि खोजी गर्दा मंगलबार बिहान पुलभन्दा करिब ३०० मिटर तल खोलामा उनको शव फेला परेको हो। घटनाबारे जानकारी पाएसँगै प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




