सडक र स्वास्थ्य संस्थाको अभाव: बाजुरामा अझै हटेन बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता

प्रकाशित मिति:

बाजुरा । बाजुरामा सडक सुविधा नहुँदा र स्वास्थ्य संस्था टाढा पर्दा गर्भवती महिलाहरूले बाटोमै बच्चा जन्माउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन। गौमुल गाउँपालिका–५ की २० वर्षीया कमला बुढालाई नक्राडा स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै व्यथा च्यापिएपछि आइतबार बिहान बिच बाटोमै छोरी जन्माएकी हुन्।

स्वास्थ्यकर्मी आधा घण्टा हिँडेर पुगेपछि उनलाई सुरक्षित रूपमा सुत्केरी गराइएको र हाल आमा–बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको छ।

ताजा समाचार