इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा दायर

प्रकाशित मिति:

भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध २ करोड २६ लाख १३ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। २०६५ देखि २०८१ सम्मको जाँच अवधिमा उनको वैधानिक आयभन्दा व्यय बढी देखिएपछि अख्तियारले मुद्दा चलाएको हो। अवैध रकमबाट सम्पत्ति जोडेको भन्दै जफत प्रयोजनका लागि उनकी पत्नी अर्पना कुमारीलाई पनि प्रतिवादी बनाइएको छ।

ताजा समाचार