रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन तत्काल नहुने

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका बाँकी पदाधिकारी र केन्द्रीय सदस्य पदहरूमा तत्काल मनोनयन नगर्ने भएका छन्। केन्द्रीय समितिको बैठकमा उनले हचुवामा निर्णय नगरी व्यक्तिहरूको पृष्ठभूमि अध्ययन गरेर मात्र मनोनयन गरिने स्पष्ट पारे। वरिष्ठ नेतामा बालेन्द्र शाहको मनोनयन अनुमोदन भइसके पनि बालेन समूहका अन्य आकांक्षी नेताहरूलाई समेट्न समय लाग्ने भएकाले मनोनयन प्रक्रिया लम्बिएको हो।

ताजा समाचार