बाँकेको नरैनापुरस्थित सशस्त्र प्रहरी ब्यारेकमा हवल्दार घनश्याम ढकाल मृत फेला

प्रकाशित मिति:

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्।

मृत भेटिनेमा कैलालीको गौरीगङ्गा नगरपालिका–५ चौमाला घर भएका ३८ वर्षीय घनश्याम ढकाल रहेका छन्। ढकाल आफू सुत्ने कोठाभित्रै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

ताजा समाचार