सामाजिक सद्भाव र शान्तिको माग गर्दै काठमाडौँमा नागरिक र्‍याली

प्रकाशित मिति:

काठमाडौं । देशका विभिन्न भागमा अशान्ति र द्वन्द्वका घटनाहरू बढ्न थालेपछि शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश दिन काठमाडौँको माइतीघर मण्डलामा नागरिक अपिल तथा ऐक्यबद्धता र्‍याली निकालिएको छ।

शुक्रबार विभिन्न क्षेत्रका नागरिक अगुवाहरूको सहभागितामा आयोजित र्‍यालीमार्फत विशेषगरी तराई–मधेस क्षेत्रमा देखिएको अशान्ति रोक्न र धार्मिक तथा साम्प्रदायिक दङ्गा फैलिन नदिन सार्वजनिक अपिल गरिएको छ।

र्‍यालीमा सहभागीहरूले ‘एक नेपाली, साझा जिम्मेवारी’, ‘सबैको सम्मान, सबैको सुरक्षा’, ‘विविधतामा एकता’ र ‘एकतामा शक्ति’ जस्ता सद्भावपूर्ण सन्देश लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए। नागरिक अगुवाहरूले मुलुकमा शान्ति, भातृत्व र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण नागरिक र सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

ताजा समाचार