काठमाडौँ । बङ्गलादेशमा आगामी नोभेम्बरमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका (ड्र) सार्वजनिक भएको छ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले प्रतियोगिताका लागि नेपालबाहेक अन्य ६ राष्ट्रको समूह विभाजन (ड्र) सार्वजनिक गरेको हो। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) विश्व फुटबल महासङ्घ (फिफा) को प्रतिबन्धमा रहेका कारण नेपाल यस पटक साफ च्याम्पियनसिपमा सहभागी हुनबाट बञ्चित भएको छ।
नोभेम्बर १७ तारिखसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। सार्वजनिक ‘ड्र’ अनुसार समूह ‘ए’ मा आयोजक बङ्गलादेश, श्रीलङ्का र भुटान रहेका छन्। त्यस्तै समूह ‘बी’ मा साबिक विजेता भारत, पाकिस्तान र माल्दिभ्स रहेका छन्।




