काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक मतभेद अन्त्य गरी पार्टीलाई बलियो बनाउने उद्देश्यले ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरिएको छ। अभियानले साउन २० गते काठमाडौँमा देशभरका प्रतिनिधिको सहभागितामा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने भएको छ।
देशमा विद्यमान समस्याका बिच प्रतिपक्षी दल आन्तरिक विवादमा अल्झिनु नहुने भन्दै एकताबद्ध र सुदृढ कांग्रेस निर्माणका लागि यो अभियान सुरु गरिएको जनाइएको छ।




