शिन्ता मणी मुस्ताङ सन् २०२६ को विश्वकै सर्वोत्कृष्ट लक्जरी होटेल घोषित

प्रकाशित मिति:

काठमाडौं । नेपालको हिमाली जिल्ला मुस्ताङमा अवस्थित लक्जरी रिसोर्ट ‘शिन्तामणि मुस्ताङ’ सन् २०२६ को विश्वकै सर्वोत्कृष्ट लक्जरी होटल घोषित भएको छ। अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ ले सार्वजनिक गरेको ‘५० ग्रेटेस्ट लक्जरी होटल्स् अन अर्थ २०२६’ को सूचीमा शिन्तामणि मुस्ताङ पहिलो स्थानमा परेको हो। विश्वका चर्चित लक्जरी रिसोर्ट तथा होटलहरूलाई पछि पार्दै नेपालको यो रिसोर्टले शीर्ष स्थान हासिल गर्न सफल भएको हो।

समुद्री सतहबाट करिब २ हजार ८०० मिटर उचाइमा कालीगण्डकी नदी नजिकै अवस्थित यो रिसोर्ट विश्वप्रसिद्ध डिजाइनर बिल बेन्स्लीको परिकल्पनामा निर्माण गरिएको हो। स्थानीय संस्कृति, परम्परागत वास्तुकला र अद्वितीय प्राकृतिक वातावरणलाई संयोजन गरी बनाइएको यस रिसोर्टमा २९ वटा विलासी सुइट रुमहरू रहेका छन्। सेवाको उच्च गुणस्तर, लोकेसन र मौलिकताका आधारमा शिन्तामणिले यो उपलब्धि हासिल गर्दै विश्व पर्यटन मानचित्रमा नेपालको नाम उच्च बनाएको छ।

ताजा समाचार